अहिले महिला हिंसासम्बन्धी १६ दिने अभियान चलिरहेको छ । औपचारिक रूपमा नेपालले यो अभियान २०५४ सालबाट सुरु गरे पनि २०७५ मा मन्त्रिस्तरीय निर्णय भएपछि स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर यस्तो हिंसामा कमी आउन सकेको छैन । निर्मला पन्तको बलात्कारपछि हत्या, परपुरुषसँग लोगको भन्दै हुम्लामा एक महिलालाई कपाल मुन्डन गरेर दिसा खुवाएर गाउँ निकाला गरिएको, मुस्ताङमा २८ महिनाकी बालिका बलात्कृत, भक्तपुरमा १२ वर्षको बालिका बलात्कृत लगायत धेरै समाचार आइरहेका छन् । यसैगरी महिला तथा बालबालि