सुपारी, मरिच तथा केराउ आयात खुलाउने विषयमा कुनै निर्णय नभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीका अनुसार यस्ता वस्तु कच्चा पदार्थका रूपमा खपत गर्ने केही उद्योगीले उद्योग विभागमा आवदेन दिएका भएपनि यसबारे निर्णय भएको छैन । रेग्मीका अनुसार आयात प्रतिबन्धित यस्ता वस्तु उद्योगको कच्चा पदार्थका रूपमा आवश्यक रहेको भन्दै आवेदन आएको थियो।
“उद्योग विभागले यस विषयमा मन्त्रालयमा आवश्यक निर्णयका लागि प्रतिवेदन पठाएको हो। उद्योगीले कच्चा पदार्थ भनेकाले...