प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनका लागि मात्रै आयात खुलाइएको स्पष्टीकरण दिएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै यी वस्तु औद्योगिक कच्चा पदार्थको रूपमा मात्रै आयात अनुमति दिइएको बताएका हुन् ।‘सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनका लागि मात्रै उपलब्ध गराइएको छ,’ देउवाले भने, ‘यसको आयातका लागि कार्यविधि बनेको छ । नेपालमा आवश्यक पर्ने, उद्योगलाई नभई नहुने वस्तुको आयात भएको छ ।’ यस्तै,