अर्थ न बर्थको असन्तुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका काममा भएको सुस्तगतिप्रति असन्तुष्टि पोख्नुभएको छ । विभिन्न मन्त्रालयका सचिवहरूसँग गरिएको अन्तरक्रियामा उहाँले विकास निर्माणमा भएका झन्झट हटाउन निर्देशन दिँदै कानूनी सुधार गर्नुपर्ने भए त्यसका लागि पनि तयारी गर्न भन्नुभयो । तर, प्रधानमन्त्रीले यसरी दिएको निर्देशन पालना हुने छाँटकाँट देखिँदैन । प्रधानमन्त्रीबाट दिने यस्ता निर्देशनले प्रशासनयन्त्रमा कुनै पनि परिवर्तन आएको छैन । प्रधानमन्त्री आफैले पनि यसलाई गम्भीरताका साथ लिनेभन्दा पनि प्रचारबाजीका लागि रुचाएको देखिन्छ । त्यसैले प्रधानमन्त्रीको असन्तुष्टि व्यर्थको बोली मात्रै भएको देखिन्छ । हो, नेपालमा विकास निर्माणका कार्यमा निकै समस्याहरू छन् । ती समस्या निकै जेलिएका पनि छन् । साथै, प्रशासनिक संयन्त्र र राजनीतिक नेतृत्वले एकअर्कामाथि दोषारोपण गरेर आफू पानी माथिको ओभानो बन्ने प्रयत्न गरिरहेको देखिन्छन् । विकासे अड्डाहरूले आर्थिक वर्षको अन्त्यमा मात्रै हतारहतार पूँजीगत खर्च गर्ने र बाँकी समय अनेक बहानामा ढिलासुस्ती गर्ने गरेका छन् । त्यस्तै विकास निर्माणका आयोजनाहरूको छनोट र बजेट विनियोजन गर्दा राजनीतिक नेतृत्वले हस्तक्षेप गरेर जथाभावी योजना घुसाउने प्रवृत्ति पनि पाइन्छ । त्यसैले नेपालका विकास कार्यक्रमहरूमा थुप्रै विकृतिहरू रहेका छन् । यी विकृति भाषणबाजी र निर्देशन दिएर भन्दा पनि कार्यान्वयन गराउन सक्ने नीति, त्यसको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक छ । राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको प्रगति निकै निराशाजनक छ । यो अहिलेको रोग होइन, विगतकै निरन्तरता हो । तर, अहिले विगतको जत्ति पनि काम नभएको हो कि भन्ने भान हुन्छ । प्रधानमन्त्री देउवाले विकास निर्माणका काम अघि बढाउन निर्देशन दिनमात्रै पनि कति समय लगाउनुभयो, त्यसैबाट सरकारको इच्छाशक्तिको मूल्यांकन गर्न सकिन्छ । मुलुकको विकासको गति कछुवाको चालमा छ भन्ने कुरामा राजनीतिक नेतृत्व पूर्ण जानकार देखिन्छ । मुलुक गम्भीर आर्थिक समस्यामा पर्ने हो कि भन्ने आशंका अर्थशास्त्रीहरूले गरिरहेका छन् । यस्तोमा प्रधानमन्त्रीले कतिओटा सार्थक छलफल गर्नुभयो ? समस्याको जड पत्ता लगाउन र तिनको समाधान गर्न विज्ञहरूसँग कतिपटक छलफल गर्नुभयो ? काम हुन नसक्नका ठोस कारणबारे कर्मचारीसँग कतिपटक कुराकानी गर्नुभयो ? काम नगर्ने कर्मचारीलाई काममा लगाउन दण्ड पुरस्कारका लागि उहाँले कुनचाहिँ पहल गर्नुभयो ? गौरवका आयोजना तथा प्राथमिकताप्राप्त आयोजनाहरूको अवस्था कस्तो छ भनेर सम्बद्ध आयोजनाका प्रमुखहरूसँग कुनै छलफल गर्नुभयो ? यी तमाम प्रश्नको उत्तर प्रधानमन्त्रीसँग छैन । हुन त सबै काम प्रधानमन्त्रीले गर्ने होइन, उहाँले विभिन्न मन्त्रालयका मन्त्रीहरूमार्फत यी कामहरू गराउने हो । मन्त्रीहरू व्यक्तिगत तथा सामूहिक रूपमा प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । प्रधानमन्त्रीले दिएका निर्देशनअनुसार काम नभए मन्त्रीहरूलाई हटाउने शक्ति प्रधानमन्त्रीलाई छ । गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले चाहेर पनि मन्त्रीहरूलाई कारबाही गर्न सक्ने अवस्था छैन । तैपनि सत्तारूढ गठबन्धनले तय गरेको कार्यनीतिअनुसार काम नगरेमा कमसे कम प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न सक्नुपर्ने हो । तर, त्यसरी समीक्षा भएको समेत पाइँदैन, सुनिँदैन । नेपालमा निर्देशन दिने, यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर भाषणबाजी गर्ने प्रवृत्ति व्यापक नै पाइन्छ । पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीले गौरवका आयोजनाहरूबारे जानकारी लिन प्रधानमन्त्री कार्यालयमै कन्ट्रोल रूम स्थापना गर्नुभएको थियो । तर, त्यसले पनि अपेक्षित परिणाम दिएन । वर्तमान प्रधानमन्त्रीले यसको उपयोग गरेका बारेमा सार्वजनिक जानकारी आएको छैन । राष्ट्रिय गौरवका ठूला आयोजनाहरूको प्रगति निकै निराशाजनक छ । यो अहिलेको रोग होइन, विगतकै निरन्तरता हो । तर, अहिले विगतको जत्ति पनि काम नभएको हो कि भन्ने भान हुन्छ । वर्तमान प्रधानमन्त्रीले यस्ता आयोजनाबारे कुनै चासो लिएको देखिँदैन । सम्बद्ध मन्त्रालयका मन्त्रीहरूले पनि ती आयोजनाको काम तीव्र बनाउन योजनाबद्ध काम गरेको पाइँदैन । अर्थमन्त्री जनार्दन शर्माले पनि यस्तै निर्देशन र भाषणबाजीलाई नै निरन्तरता दिएको देखिन्छ । बजेट खर्च निकै निराशाजनक भए पनि त्यसलाई कसरी गति दिन सकिन्छ भन्ने ठोस योजना उनीसँग देखिँदैन । अन्य मन्त्रीहरूको कार्यशैली पनि खासै फरक देखिँदैन । यसरी हेर्दा विकास निर्माणका क्षेत्रमा सन्तुष्ट हुने ठाउँ छैन भन्दा हुन्छ । तर, उच्च नेतृत्वको काम असन्तुष्टि पोख्ने होइन, कामलाई सम्भव बनाउने हो । नेपालको नेतृत्वले कहिले यसरी काम गर्ला ?

सम्बन्धित सामग्री

सन् २०२३ ले जगाएका १५ आशा

एउटा व्यक्तिको जीवनमा वर्ष २०२३ को अनेक अर्थ हुन सक्छ। जस्तो कि खुसी, सन्तुष्टि, असन्तुष्टि, पीडा, बेचैनी। त्यस्तै एक राष्ट्रको जीवनमा पनि वर्ष २०२३ ले बेग्लै छाप छाडेको छ, जसलाई आर्थिक र मानवीय विकास, सरकारको समीक्षा, संस्थाका प्रगति विवरण र आशाका सूचकहर...

बजेटको समीक्षा अर्थ मन्त्रालयले होइन, अरुले गर्नुपर्छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट ल्याउने निकाय अर्थ मन्त्रालयले नै त्यसको समीक्षा गर्न नमिल्ने बताएका छन् ।  संघीय संसद्मा बजेट छलफलमा उनले यस्तो बताएका हुन् । ‘बजेट ल्याउने पनि अर्थ मन्त्रालय । समीक्षा गर्ने पनि अर्थ मन्त्रालय,’ उनले भने, ‘बजेटबारे समीक्षा अरूले गर्नुपर्छ । अर्थ मन्त्रालय आफैले गरेर हुँदैन ।’  उनले बजेटबारे सांसदहरूको भूमिकाप्रति पनि प्रश्न उठाए । ‘सांसदहरूसँग अध्ययन छैन, तथ्य र तथ्याङ्क हुँदैन । अनि आएर कुन्ठा पोख्ने काम मात्रै गर्छन्,’ बजेटबारे सांसदहरूको भूमिकाप्रति असन्तुष्टि पोख्दै उनले भने ।  उनले बजेटबारे सांसदहरू कसैले पनि प्रश्न नउठाएको बताए । ‘बजेट पास भइहाल्छ । बीचमा कसैले प्रश्न पनि उठाउँदैन,’ उनले भने ।

प्रदेश सरकार बाँडफाँटप्रति नागरिक उन्मुक्तिको असन्तुष्टि, २४ घण्टे अल्टिमेटम

धनगढी । प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम

माओवादी केन्द्रमा मन्त्री बन्न वरीयताको लफडा

नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले  विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलभन्दा आफू वरियतामा अघि हुनुपर्ने श्रेष्ठको भनाई छ । यस्तै रास्वपाबाट रवि लाम

शाहीलाई टिकट दिएपछि दैलेख माओवादीमा चर्को असन्तुष्टि

दैलेख क्षेत्र नं.–२ (ख) मा नेकपा (माओवादी केन्द्र) ले शनिबार मात्रै एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई टिकट दिएको छ । घनश्याम भुसाल प्रमुख रहेको एमालेको अर्थ तथा योजना विभागका केन्द्रीय सचिव रहेका उनले भुसालले एमाले परित्याग गरेसँगै एमाले शनिबार साँझ एमाले परित्याग गरेका हुन् । ‘मैले टिकट पाइसकेको छु, अबको एक घण्टामा वारेसमार्फत मुख्य निर्वाचन आयोगको कार्यालय काठमाडौँमा मनोनयन दर्ता गराउँदै छु,’ शाहीले रातोपाटीसँग भने । शाही एमालेबाट पनि प्रदेश सभाका लागि सिफ

‘काठमाडौंले व्यवस्थाको परिवर्तन खोजेको होइन, असन्तुष्टि पोखेको हो’

काठमाडौं महानगरपालिकामा अहिले बालेन साहजीको जितलाई जसरी विश्लेषण गरिरहेका छौं, त्यसलाई राजनीतिक सिफ्ट भन्न अलि गाह्रो हुन्छ । यो खासगरी देशमा आइसकेको परिवर्तनबाट जनताले गरेको अपेक्षा महसुस गर्न पाएनन्, केही पहुँच भएका नेताहरुले मात्रै उपभोग गरे भन्ने कुरालाई विद्रोहको रुपमा धक्का दिइएको हो । यसको अर्थ काठमाडौं दलीय आबद्धता बाहिर गएको होइन ।

प्रधानमन्त्री देउवा भाजपा कार्यालय जानुको अर्थ के?

प्रधानमन्त्री देउवा बिजेपी कार्यालय पुगेको घटनाप्रति कांग्रेसभित्र मात्रै होइन सत्ता गठबन्धनभित्र पनि असन्तुष्टि देखिएको छ। गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रमण उचित नभएको टिप्पणी गरेका छन्। काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। भ्रमणको पहिलो दिनमै प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको कार्यालय गएको विषयले […]

अर्थमन्त्रालयमा भद्रगोल– अनुभवी सहसचिव कामबिहीन, भइरहेका पनि असन्तुष्ट !

गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीले दुइ महिना नपुग्दै अर्थ मन्त्रालयमा असन्तुष्टि चुलिएको छ । विधि पद्धती भन्दा अर्थमन्त्रीले ‘छापामार शैली’मा काम गर्न खोजेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरु असन्तुष्ट बनेका छन् ।  संयुक्त सरकार भएपछि मन्त्री शर्माले पार्टीप्रति आस्था राख्नेलाई काखी च्याप्ने तर सक्षम कर्मचारीलाई जिम्मेवारी बिहिन बनाउने काम शुरु गरेको आरोप लाग्ने गरेको छ । कोरोनाको कहरले थलिएको अर्थतन्त्रको पुनरुत्थानमा लाग्नु पर्नेमा अर्थमन्त्री कर्मचारी फेरबदलमा सिमित छन् ।  असार २९ गते अर्थमन्त्...