गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीले दुइ महिना नपुग्दै अर्थ मन्त्रालयमा असन्तुष्टि चुलिएको छ । विधि पद्धती भन्दा अर्थमन्त्रीले ‘छापामार शैली’मा काम गर्न खोजेको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरु असन्तुष्ट बनेका छन् ।
संयुक्त सरकार भएपछि मन्त्री शर्माले पार्टीप्रति आस्था राख्नेलाई काखी च्याप्ने तर सक्षम कर्मचारीलाई जिम्मेवारी बिहिन बनाउने काम शुरु गरेको आरोप लाग्ने गरेको छ । कोरोनाको कहरले थलिएको अर्थतन्त्रको पुनरुत्थानमा लाग्नु पर्नेमा अर्थमन्त्री कर्मचारी फेरबदलमा सिमित छन् ।
असार २९ गते अर्थमन्त्...