नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा बसेको जिल्ला कमिटीको बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् ।
पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् ।
जिल्ला कमिटी सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् ।
जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्...