एमाले बैठक बहिस्कार गर्ने तेस्रो धारको चेतावनी

एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् । उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।विधान महाधिवेशनको पूर्व तयारीस्वरुप विभिन्न दस्तावेजमाथि छलफल गर्न शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वलाई यस्तो चेतावनी दिएका हुन् । शुक्रबारको एमाले बैठकमा तीनव

सम्बन्धित सामग्री

मोरङमा ओली पक्षकै नेताहरूले गरे एमाले बैठक बहिस्कार

नेकपा एमाले मोरङको जिल्ला कमिटी बैठक ओली पक्षकै नेताहरूले बहिस्कार गरेका छन् । जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा बसेको जिल्ला कमिटीको बैठक युवा नेताहरूले बहिस्कार गरेका हुन् ।  पदाधिकारीमा कुरा नमिल्दा प्रदेश कमिटी सदस्यदेखि जिल्ला कमिटी सदस्यसम्मले बैठक बहिस्कार गरेका छन् ।  जिल्ला कमिटी सचिवको आकांक्षी रबिन थापा र उपसचिवका आकांक्षी सन्तोष बान्तवा तथा प्रदेश कमिटी सदस्य पर्शुराम बस्नतेले बैठक बहिस्कार गरेका हुन् । जिल्ला कमिटी सदस्य सन्तोष बान्तवाले नेतृत्वको २२ दिनका लागि पदाधिकारी चयन गर्ने तयारीप्रति असन्तुष्...

१० बुँदे कार्यान्वयन नगरे एमाले बैठक बहिस्कार गर्ने नेताहरुको चेतावनी

काठमाडौँ । माधवकुमार नेपालको साथ छोडेर नेकपा एमालेमा नै बसेका १० जना नेताहरुले १० बुँदे कार्यान्वयन नगरे एमाले बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्। शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमतिको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै ती नेताहरुले बैठक बहिस्कारको चेतावनी दिएका हुन्।

एमाले बैठक बस्दै, खनाल–नेपाल समूह नजाने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  खनाल–नेपाल समूहले उक्त बैठक बहिस्कार गर्ने निर्णय गरिसकेको छ । हिजो  बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकले आजका लागि बोलाइएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो । अवैधानिक कमिटीले बोलाएको अवैधानिक बैठकमा...