प्रदेश सरकारको गौरवको आयोजना प्रादेशिक सरुवा रोग अस्पताल निर्माण कार्य अलपत्र परेको छ । २०८१ साल फागुनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको यो अस्पताल भवन निर्माणको काम सुरु नहुँदै रोकिएको हो । आर्थिक वर्ष २०७७/७८ मा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा ५० शय्याको प्रादेशिक सरुवा रोग अस्पताल निर्माण गर्ने योजना बनेको थियो । भवन निर्माणका लागि ९.६२ बिघा वन क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गरिएको थियो । सो बराबरको जग्गा शोधभर्ना गर्ने इआइए प्रतिवेदनमा उल्लेख छ ।