ठेकदारको चरम लापरबाहीका कारण सुस्ताको अस्पताल निर्माण कार्य अलपत्र परेको छ । ठेकदारले, अस्पतालका निर्माणका लागि ४१ लाख ९० हजार रुपिया पेस्की समेत लिएर सम्पर्कविहिन रहेकाले अस्पताल निर्माण कार्य अलपत्र बनेको हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा २ कुडिया र गुदरियाको सिमानामा गाउँपालिका स्तरीय १० सैयाको अस्पताल बनाउन पालिकाले बजेट विनियोजन गरि ठेक्का लगाएको थियो । ठेक्का सम्झौता भएको १६ महिना वितिसक्दा पनि ठेकदार कम्पनीले १ प्रतिशत पनि काम नगर्दा उक्त १० सैया अस्पताल आयोजना अलपत्र बनेक