१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ । झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका […]