काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले बरामद गरिएको सुन ८० देखि एक सय किलोको बीचमा रहेको बताउनुभयो । उहाँले सुन हङकङबाट आएको खुलेको बताउनुभयो । […]