राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्र नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताएकी छन् । बुधबार दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद क्याम्पस एवं शिक्षण अस्पताल उद्घाटन गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीपछि आयुर्वेदप्रति संसारको आकर्षण बढिरहेको बताइन् ।