पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै गत साउन १ गतेदेखि यता नेपालमा डेंगु बिरामीको संख्या २८ हजार १०९ पुगेको छ । बितेको चौबिस घण्टामा डेंगुका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै यसवर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुको बिरामी भेटिएका थिए । त्यसपछि प्रत्येक वर्ष डेंगुका बिरामी भेटिँदै आएका छन् । यसवर्ष देशका ७७ मध्ये ७६ जिल्लामा डेंगुका बिरामी भे