प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ

काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकलाई आइतबार प्रहरी प्रधान कार्यालयले बिदाइ गरेको छ ।

सम्बन्धित सामग्री

पटकपटक ‘जम्प’ गरेर एआईजी भएका विश्वराज बन्लान् त प्रहरी महानिरीक्षक ?

वैशाख १९ गते ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बिदा हुँदैछन् । अवकास पाउनुभन्दा एक महिना पहिले नै बिदामा बस्ने चलन रहे पनि महानिरीक्षक थापा बिदामा बस्न पाएनन् । स्थानीय तहको निर्वाचन मिति नजिकै आएका कारण प्रहरी परिचालन लगायतका काममा असर पर्ने भन्दै सरकारले थापालाई बिदामा बस्न दिएको छैन ।सरकारले बिदामा बस्न नदिए पनि वैशाख १९ गतेपछि उनी अनिवार्य अवकाशमा जाँदैछन् र त्यसपछि प्रहरी संगठनले नयाँ महानिरीक्षक पाउने निश्चित छ । नेपाल प्रहरीको नियमावलीमा प्रहरी अतिरिक्त महान

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित भवनको उद्‍घाटन

कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गरे । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने […]

प्रहरी महानिरीक्षक क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन

रुपन्देही, २ मंसिर । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे । उनले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गरे । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई […]

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित कार्यालय तथा आवास भवन उद्घाटन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् । साथै उनले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बता

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरेका छन् । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार प्

लागुऔषध ओसारपसार र उपभोग बढेको छ : प्रहरी महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक शैलेथ थापा क्षत्रीले लागु औषध ओसारपसार र उपभोग गर्ने युवाहरुको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबार आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रममा उनले देशको विकास...

परीक्षालाई मर्यादित बनाउनुपर्छ : प्रहरी महानिरीक्षक क्षेत्री

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन (Pre–AMS) परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताएका छन् । उक्त मिसनका लागि पूर्वआकलन (Pre–AMS) परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । उनले विगतका कमजोरी नदोहोरिने गरी ...

कर्तव्य पालनाको सिलसिलामा विनम्र बन्नुस्: प्रहरी महानिरीक्षक क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी वहन गर्दै कर्तव्य पालनाको शिलशिलामा विनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनुभएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको बुधबार अवलोकन भ्रमणको क्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु हुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको […]