प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संयुक्त राष्ट्रसङ्घीय मिसनका लागि लिइने पूर्वआकलन (Pre–AMS) परीक्षालाई थप मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीले पूर्ण इमान्दार भई उत्तरदायित्व बहन गर्दै त्रुटिरहित तवरले काम गर्नुपर्ने बताएका छन् ।
उक्त मिसनका लागि पूर्वआकलन (Pre–AMS) परीक्षा सञ्चालन गर्न खटिने प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयमा आज निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परीक्षाको गोपनीयतालगायत तोकिएको मापदण्ड पूर्णपालना गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बताए । उनले विगतका कमजोरी नदोहोरिने गरी ...