लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले चुनाव हारेका छन् । सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा महतोलाई पराजित गर्दै महिन्द्र राय यादव विजयी भएका हुन्।नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले २३ हजार ५२९ मत ल्याउँदा महतोले २१ हजार ५१८ मत ल्याएका छन्। यादव सत्ता गठबन्धनतर्फको आधिकारिक उम्मेदवार थिए । उनले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका हुन् ।दुवै नेता सत्ता गठबन्धनमा भएपनि यो क्षेत्रमा मित्रवत प्रतिस्पर्धा भन्दै मैदान उत्रेका थिए । यस क्षेत्रमा जसपा– एमाले गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजनारायण साहले १४ हजार ८१९ मत पाएका छन्।