एमालेबाट विद्रोह गरी महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरी मधेसको राजनीतिमा सक्रिय भएका महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीको दोस्रो वरीयताका अध्यक्ष बनेका छन् । तत्कालीन तमलोपा छाडेर आफ्नै नेतृत्वमा तमलोपा नेपाल गठन गरेका उनी विभिन्न ६ दल मिलेर बनाइएको राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।पछि राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन हुँदा उनी कार्यकारिणी सदस्य भएका थिए । तर त्यहाँ पनि उपेन्द्र यादवसँग खटपट भएपछि उनी डा.बा