काठमाडौं। जीवन विकास लघुवित्तले असार ११ गते निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय आजसम्म रहेको छ। लघुवित्तको सेयरमा सोमबार बेलुकासम्ममा १५ गुण बढी आवेदन परिसकेको छ। न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन मिल्ने गरी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन गरेको छ।