दाङ - दाङमा एम्बुलेन्सले आफूखुशी भाडा उठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा अनुगमन समिति गठन भएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य सङ्घ, देउखुरी उद्योग वाणिज्य सङ्घ, रेडक्रस सोसाइटी, संयुक्त एम्बुलेन्स चालक समिति, जिल्ला भित्रका सबै पालिकाका प्रतिनिधि सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको हो ।
अस्पताल र एम्बुलेन्स चालकहरुले कोरोनाको बहानामा सङ्क्रमित तथा ...