नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा

काठमाडौं। २०७९ असोज २ गतेदेखि शुरू भएको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बोर्डले गतवर्ष असोज २ गते नयाँ ब्रोकर लाइसेन्स वितरणका लागि आवेदन माग गरेको थियो । असोज ३१ गतेसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ ओटा आवेदन प्राप्त गरेको थियो । यो प्रक्रिया शुरू भएको १ वर्ष बितिसक्दा अझै ६ कम्पनी लाइसेन्सको प्रतीक्षामा छन् । लाइसेन्सको अन्तिम प्रतीक्षामा पहिलो तहको सीमित कार्य गर्ने पूँजी भएका ६ कम्पनी छन् । २८ करोड ५० लाख चुक्ता पूँजी भएको सिजी इन्भेस्टमेन्ट सेक्युरिटिज र २० करोड चुक्ता पूँजी भएका म्याग्नेट सेक्युरिटिज, सनराइज सेक्युरिटिज, एप्पल सेक्युरिटिज, प्रभु स्टक मार्केट र ट्रेडमो सेक्युरिटिजले बोर्डबाट आशयपत्र प्राप्त गरेपछि प्राविधिक व्यवस्थापनपछिको अन्तिम लाइसेन्स प्राप्त गर्न बाँकी  रहेको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले सञ्चालक समिति बैठक बस्न नसक्दा बाँकी कम्पनीको लाइसेन्स प्रक्रिया अघि नबढेको जानकारी दिए । अब बस्ने बोर्ड सञ्चालक समिति बैठकले प्रक्रिया पूरा गरी निवेदन दिएका कम्पनीहरूको लाइसेन्स स्वीकृत गर्ने हमालको भनाइ छ । ब्रोकर लाइसेन्स वितरणका सम्बन्धमा परेका मुद्दाका कारण वर्ष दिनसम्म पनि प्रक्रिया पूरा हुन नसकेकोमा हमालले दु:ख व्यक्त गरेका छन् । बजारका लागि महत्त्वपूर्ण अंगका रूपमा रहेका ब्रोकरको संख्या बढ्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने भएकाले यो प्रक्रियालाई जतिसक्दो चाँडो सम्पन्न गर्ने पक्षमा हमाल छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरिसकेपछि बोर्डले अनुगमन तथा निरीक्षण गरी योग्य ठानेमा मात्र लाइसेन्स दिने व्यवस्था छ । बाँकी कम्पनीहरूसमेत सोही प्रक्रियाबमोजिम लाइसेन्स पाउने लाइनमा रहेको अध्यक्ष हमालले जानकारी दिएका छन् । ् तथ्यांकमा नयाँ ब्रोकर लाइसेन्स कुल आवेदन : ४६ छनोटमा नपरेका कम्पनी : ३ आशयपत्र पाउने कम्पनी : ४३ हालसम्म लाइसेन्स वितरण : ३७ प्रतीक्षारत कम्पनी : ६ नेप्सेको सदस्यता लिने : २८ कारोबार शुरू गरिसकेका : २६ नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४६ कम्पनीमध्ये ४३ लाई बोर्डले आशयपत्र प्रदान गरेको थियो । आवेदन दिएका ४६ कम्पनीमध्ये तीन कम्पनी छनोटमा परेनन् । सीमित कार्य गर्ने गरी आवेदन दिएको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको र सेञ्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । त्यस्तै अर्को कम्पनी एनआईसी एशिया सेक्युरिटिज भने आशयपत्र प्राप्त गर्ने अवधिसम्म खारेज भइसकेको बोर्डले जानकारी दिएको छ । बोर्डले विभिन्न चरणमा गरी हालसम्म ३७ कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स प्रदान गरिसकेको छ । बोर्डबाट पहिलो चरणमा ७, दोस्रो चरणमा ११, तेस्रो चरणमा ११, चौथो चरणमा ३ र पाँचौं चरणमा ५ कम्पनीले ब्रोकर लाइसेन्स पाएका हुन् ।  बोर्डबाट लाइसेन्स प्राप्त गरिसकेपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ । नेप्सेले सदस्यता प्रदान गरेपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्नेछ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीले आवश्यक सम्झौता गरी त्यसपछि मक ट्रेडिङ गराई कुनै अवरोध नदेखिएमा नेप्सेले ‘गो लाइभ’को पत्र प्रदान गर्छ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यतासमेत लिनुपर्ने हुन्छ । बोर्डबाट लाइसेन्स प्राप्त गरेका २८ कम्पनीले नेप्सेको सदस्यता लिइसकेका छन् । नेप्सेका सुपरिवेक्षण प्रमुख गिरिराज दाहालका अनुसार सदस्यता प्राप्त गरेको २८ कम्पनीमध्ये २६ ओटाले धितोपत्रको दोस्रो बजारमा कारोबार शुरू गरिसकेका छन् । सदस्यता लिन बाँकी केही कम्पनीले आवेदन पेश गरिसकेको र आगामी साता ती कम्पनीलाई पनि सदस्यता दिने तयारी रहेको दाहालले जानकारी दिएका छन् ।  नेपाल धितोपत्र बोर्डले ३ वर्षसम्म नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न नपाउने व्यवस्थाबमोजिम पूँजीका हिसाबमा तीन किसिमको रहने गरी ४३ ओटा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड रुपैयाँ, शेयर खरीदविक्री गर्नेसँगै डिपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी ६० करोड रुपैयाँ र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ । सोही व्यवस्थाबमोजिम बोर्डले हालसम्म एक धितोपत्र व्यापारी, तीन पूर्ण कार्य गर्ने धितोपत्र दलाल र ३३ सीमित कार्य गर्ने धितोपत्र दलाललाई लाइसेन्स प्रदान गरेको हो । 

सम्बन्धित सामग्री

नयाँ ब्रोकर लाइसेन्स फेरि अन्योलमा

धितोपत्रको नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया फेरि अन्योलमा परेको छ । संसद्को अर्थ समितिले सोमबार सरकारलाई ब्रोकर लाइसेन्ससम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काललाई स्थगन गर्न निर्देशन दिएको छ । ४३ कम्पनीलाई आशयपत्र र १८ कम्पनीलाई...

नयाँ ब्रोकर लाइसेन्समा आरोप–प्रत्यारोप

नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियालाई तीव्रता दिएपछि सञ्चालनमा रहेका ब्रोकर कम्पनीले विरोध जनाएका छन् । उनीहरूले नयाँ ब्रोकर लाइसेन्स वितरणमा भ्रष्टाचार भएको भन्दै त्यसलाई रोक्न मागसमेत गरेका छन् ।  बोर्डले...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न बाटो खुल्यो

काठमाडौं, चैत २७ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डलाई बाटो खोलिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले आइतबार बाटो खोलिदिएको हो । नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण नगर्न धितोपत्र बोर्डका नाममा आदेश माग गर्दै परेको रिट संयुक्त […]

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीको आवेदन, ११ बैंक पनि इच्छुक

नयाँ ब्रोकर लाइसेन्स लिन ४५ कम्पनीले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डले २ असोजमा इच्छुक कम्पनीलाई आवेदन दिन माग गरेको थियो । ४५ वटा कम्पनीमध्ये ११ वटा वाणिज्य बैंकका सहायक कम्पनी...

बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले वाणिज्य बैङ्कका सहायक कम्पनीले पनि सेयर ब्रोकर लाइसेन्स पाउने गरी नीतिगत परिवर्तन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी, धितोपत्र दलाल, (धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ संशोधन गरी उक्त व्यवस्था गरेको हो । संशोधित नियमावली अर्थ मन्त्रालय र मन्त्रिपरिषदबाट जस्ताको त्यस्तै लागू भए अब हरेक वर्ष ब्रोकर लाइसेन्सका लागि […]

नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने भएको छ । बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी उक्त व्यवस्था लागू गर्ने प्रस्ताव गरेको छ । ब्रोकर लाइसेन्सका लागि धितोपत्र बजारले पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिई निवेदन माग गर्ने व्यवस्था गरिएको छ । त्यसपछि, […]

ब्रोकर लाइसेन्स खुल्ला , २० करोड चुक्ता पुँजी पुर्याउने सबैले पाउने

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल (ब्रोकर) लाइसेन्सका लागि नयाँ नीति अंगिकार गरेको छ । यसअघि निश्चित कोटामा मात्र ब्रोकर लाइसेन्स प्रदान गर्दै आएको बोर्डले अब भने खुल्ला नीति अनुरुप प्रक्रिया पुग्ने र पुर्याउने सबैलाई लाइसेन्स दिने नीति अपनाउने भएको हो ।मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धि नियमावली, २०६४ संशोधन गर्दै न्यूनतम २० करोड चुक्ता पुँजी पुर्याउने जो कोहीलाई ब्रोकरलाई लाइसेन्स दिने व्यवस्था गरेको हो

विकास बैंकलाई पनि ब्रोकर लाइसेन्स दिन बैंकर्स एसोसिएसनको माग

विकास बैंकहरुलाई पनि धितोपत्र कारोबार ब्रोकर लाइसेन्स उपलब्ध गराउन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले धितोपत्र बोर्डसँग माग गरेको छ ।  धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ अनुसार ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक तथा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनीमार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने व्यवस्था गरेकाले सोही व्यवस्था बमोजिम विकास बैंकहरुले पनि लाइसेन्स पाउनु पर्ने बैंकर्स एसोसिएसनले माग

बैंकलाई ब्रोकर लाइसेन्स दिन  माग

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो ।      यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्व...

बैंकलाई ब्रोकर लाइसेन्स दिन अर्थमन्त्रीसामु परिसङ्घको माग

बैंक तथा वित्तीय संस्था परिसङ्घले बैंकलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आज ज्ञापनपत्र बुझाउँदै परिसङ्घले देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्ने ध्येयका साथ शेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न माग गरेको हो । यस्तै संस्थापक शेयर पब्लिक शेयरमा रुपान्तरण गर्न पाउनुपर्ने, वित्तीय क्षेत्रलाई अरू व्यवसाय सरह नै करको दर लागू गरिनुपर्ने माग परिसङ्घले गरेको छ । परिसङ्घका अध्यक्ष एवम् एनएमबी बैंकका अध्यक्ष पवन