डोटी – वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटीको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक नखुल्दा नागरिकलाई समस्या हुँदै आएको छ । गएको साउन, भदौ महिनामा परेको पानीका कारण यस सडक खण्डका विभिन्न ठाउँमा पहिरो आएर सडक बन्द भएको हाे । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजानसमेत कठिन भएको जोरायल गाउँपालिका ५ का स्थानीयवासी डम्बरबहादुर विष्टले बताउनुभयो ।
पहिराेले सडक बिग्रिएको दुई महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासम...