काठमाडौं : सरकारले नयाँ दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणका लागि सैद्धान्तिक स्वीकृति दिएको छ।बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म र भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो।अमलेखगन्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुनेछ भने भारतको सिलगुडीदेखि झापाको चारआलीसम्मको पाइपलाइन ५० किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।हाल भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलपाइन सञ्चालनमा छ। सो पाइपलाइन अब लो