सरकारले बाराको अमलेखगन्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगन्जदेखि मकवानपुरको मनहरी गाउँपालिकाको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारका लाग आवश्यक बजेट विनियोजन गरेको बताएका हुन् ।