प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै १४६ सांसद सर्वोच्चमा

काठमाडौं । प्रतिनिधिसभा भंग गरी निर्वाचनको घोषणा गरिएपछि त्यसविरुद्ध पाँच दलका १४६ सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै सोमवार नेपाली कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहित १४६ सांसदले रिट दर्ता गराएका हुन् । रिट दर्ता गर्न १३९ सांसद सर्वोच्च पुगेका थिए भने सात जना सांसदले वारेस पठाएका थिए । सर्वोच्च अदालतका अनुसार प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका सांसद र अन्य गरेर २८ ओटा रिट दर्ता भएका छन् । २४ ओटा रिट प्रतिनिधिसभा विघटन विरुद्धका छन् । चारओटा रिटमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दिएका २४ रिटमध्ये नौओटा रिट संवैधानिक इजलाशका लागि दर्ता गरिएका छन् । त्यस्तै, १५ ओटा रिट साधारण इजलाशका लागि रहेका छन् । विपक्षी पाँच दलका सांसदले दर्ता गरेको रिटमा प्रतिनिधिसभा पुनःस्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी पेश गरिएको उल्लेख गर्दै उनलाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । २२ पृष्ठ लामो रिटमा ८ जेठ राति मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ । संविधानको धारा ७६ (५) बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संविधानको व्यवस्थाअनुसार विश्वासको मत लिने प्रबन्ध मिलाउन अन्तरिम आदेश माग गरिएको छ भने उनीहरूले संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउनुपर्ने भएकाले तत्काल प्रतिनिधिसभा अधिवेशन बोलाउन, अध्यादेशमार्पmत बजेट नल्याउनसमेत अन्तरिम आदेश माग गरेका छन् । प्रधानमन्त्री ओलीको सरकार कामचलाउ भएकाले दूरगामी महŒवका कामकारबाही वा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश माग गरिएको छ । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ ।

सम्बन्धित सामग्री

जनमतका सांसद खानलाई बर्खास्त गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गरेकाे छ ।  निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेकाे छ । खानलाई कारवाही गर्नका लागि काठमाडाैँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि […]

सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।...

सांसद विकास कोष बन्द गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न सरकारसँग माग गरेको छ । अभियानका अध्यक्ष विनय यादव नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सांसद विकास कोष तत्काल बन्द गर्न माग गरेको हो । अभियानले संघीय सांसद र प्रदेश सांसदलाई दिँदै आएको दैनिक भत्ताबाहेक सबैखाले तलब र अन्य सेवा सुविधा तथा सांसद विकास कोष […]

गोरखा सैनिककाे तत्काल माग पूरा गर्न सरकारसँग सांसद दिव्यमणिकाे माग

काठमाडाैं । प्रतिनिधि सभाका सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुखि बनाएकाले तत्काल माग पूरा गर्न माग गर्नुभएको हो । उहाँले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको […]

फोहोर विसर्जनअघि स्थानीयका माग सम्बोधन गर्न सांसद त्रिपाठीद्वारा ध्यानाकर्षण

सांसद भूमीप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा विर्सजन गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरुको बेवास्ता...

महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतले माग

काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो । सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता […]

सांसद रावलले रुलिङको माग गरेपछि..

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँण र परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपिपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग […]

एमाले सांसद पाण्डेद्वारा अर्थमन्त्रीको राजीनामा माग

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पाण्डेले अनधिकृतरुपमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेका भन्दै नैतिकरुपमा उनले राजीनामा दिनुपर्ने...

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा

काठमाडौं, साउन १५ । पार्टी परिवर्तनपछि बर्खास्तीमा परेका लुम्बिनी प्रदेशका दुई सांसद सर्वोच्च अदालत पुगेका छन्। माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सांसद पदबाट हटाइएका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। नेपालको संविधान र माओवादी केन्द्र संसदीय दलको विधानविपरीत आफूहरूलाइ प्रदेशसभा सदस्यबाट हटाइएको भन्दै उनीहरूले सर्वोच्चमा […]

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,