घाँस काट्न गएकी सान्नीत्रिवेणी–९ मुम्राकी ६८ वर्षीया मनपुरा केसीको आइतबार बिहान गाउँकै मौरापानी भीरबाट खसेर निधन भयो । बुढेलकालमा पनि भीरमा गएर घाँस काट्नु उनको बाध्यता हो । कृषि र पशुपालनमा निर्भर केसीको परिवारले ३ भैंसी र ५ गाईगोरु पालेको छ । वस्तुभाउ पाल्न कालीकोटमा भीरपाखा गर्नैपर्ने बाध्यता छ ।