बैतडी : घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको ज्यान गएको छ।जिल्लाको डिलाशैनी गाउँपालिका ५ नगराउँकी ५२ वर्षीया गौरा जोशीको भीरबाट लडेर मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए।घर नजिकैको धारापानी वनमा बिहीबार बिहान घाँस काट्न गएका बेला जोशीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।