भीरबाट लडेर मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए ।इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा न

सम्बन्धित सामग्री

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।...

भीरबाट लडेर एक जनाकाे मृत्यु

धनगढी – अछाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीय याम ढोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ। प्रहरीका अनुसार उनी शनिबार अछामकै सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका हुन्। उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा […]

भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको शनिबार राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित …

नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

पाँचथर : नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो। नेपाल-भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका-१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको…

डेढ महिना अघि कम्प्युटर अपरेटरमा नियुक्त भएकी धामीको भीरबाट लडेर मृत्यु

बैतडी, कात्तिक २७ । बैतडीमा एक गाउँपालिका कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर अन्दाजी २८ वर्षीया सरस्वती धामी बोहराको भीरबाट लडेर मृत्यु भएको हो। सिगास गाउँपालिका ८ लुपुँड घर भएकी सरस्वतीको घर नजिकैको खर फागलमा खर काट्ने क्रममा शनिबार दिउँसो लडेर मृत्यु भएको गाउँपालिकाले जनाएको छ। सरस्वती डेढ महिना […]

सिगास गाउँपालिकाकी महिला कर्मचारीको भीरबाट लडेर मृत्यु

बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।

भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका १० महरा गाउँ ठूलाशैनाका अन्दाजी ५० बर्षीय पठान सिंह महरा रहेका छन्।आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको मृतकका भतिजा सुनिल महराले बताए।महराको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। महराका श्रीमती, ३ छोरी र दुुई छोरा रहेका छन्। हाल सुदूरपश्चिमका पहाडी जिल्लाका किसानलाई खर काट्ने चटारो परेको छ। खर काट्ने बेला अकालमै ज्यान जाने गरेको छ।यसअघि असोज २८ गते पनि खर काट्ने बेला लडेर&n

दाउरा खोज्न जाँदा भीरबाट लडेर मृत्यु

दोलखा : विगु गाउँपालिका–६ आलम्पुमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।बुधबार घरनजिकैको जङ्गलमा दाउरा खोज्न गएका ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए।दिउँसो घरनजिकैको सार्वजनिक जङ्गलमा दाउरा खोज्न गएका थामीको शव बुधबार साँझ नै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

मेला गएका युवकको भीरबाट लडेर मृत्यु

दैलेख : दैलेखमा मेला हेर्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–२ का अन्दाजी २२ वर्षीय गमबहादुर नेपाली रहेको दैलेख प्रहरीले जनाएको छ। भगवतीमाई–३ सान्तडामा लाग्ने मेला हेर्न गएका भीरबाट लडेर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। घटना रातिम भएकाले यसबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख शाहले थाहाखबरलाई बताए।

बैतडीमा भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ का ४५ वर्षीय नरविरसिंह धामी छन्।घर नजिकैको ठूलागोदा वनमा दाउरा ल्याउन गएका धामीको लडेर मृत्यु भएको स्थानीय लोकेन्द्रसिंह धामीले जानकारी दिए। धामी भीरबाट करिब चार सय मिटर तल खसेका थिए।धामी बिहानै दाउरा लिन वन गएका र बेलुकी सम्म पनि नफर्किएपछि खोज्न जाँदा उनी मृत भेटिएका हुन्। धामीकी श्रीमतीको पनि भीरबाटै लडेर मृत्यु भएको थियो।