काठमाण्डाै – नेकपा एमालेमा महाधिवेशनबाट अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । आज सोमवार च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव अघि सारेको छ । बैैठकले महाधिवेशनबाट अध्यक्षमात्रै निर्वाचित हुने गरी विधान संशोधन प्रस्ताव तयारी पारेर पार्टीको तल्लो निकायसम्म छलफलका लागि पठाउने निर्णय गरेको हो । प्रस्तावित विधानमा अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जना रहने व्यव...