कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका बेला कैलालीमा काठ तस्करी बढेको छ ।
डिभिजन वन कार्यालय कैलालीले मात्रै काठ तस्करीमा संलग्न रहेको आरोपमा जिल्लामा प्रहरीले १९ जनालाई पक्राउ गरेको जनाएको छ । डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले लकडाउन भएयता १२ जनालाई आफन्तको जिम्मा लगाएर छोडिएको र सात जना अहिले हिरासतमा रहेको बताए ।