म्याग्दी : गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीको हल्लेगौडा र खुर्सानीवारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिना वितिसक्दा पनि अझै संचालनमा ल्याउन सकिएको छैन।सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानी हुदै भकिम्ली जोड्ने सडकखण्ड अन्तरगत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको हो।पहिरोले सडक बगाएपछि सदरमुकाम बेनी आवतजावत गर्न स