काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा प्रदेश २ का थप तीन सांसदले सनाखत गरेका छन्। आइतबार प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले लोसपामा सनाखत गरेका हुन्।प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर उनीहरुले लोसपाको सनाखत गरेका हुन्। यसअघि, १२ सांसदले लोसपाको पक्षमा सनाखत गरिसकेका छन्। योसँगै लोसपमा सनाखत गर्ने सांसदको संख्या १५ पुगेको छ।लोसपामा खुलेका जितेन्द्र सोनलले भोलि सनाखत गर्ने तयारी गरेको बुझिएको छ। तत्कालीन राजपाबाट २५ सांसदले जितेका थिए। एकजना स