सन् १९७० को उत्तरार्द्धमा बजारीकरणमा आधारित अर्थ व्यवस्था लागू भएका पश्चिमी विश्वका धेरै भागमा आर्थिक वृद्धिमा सुस्तता, प्रशासनमा लालफिता शाहीकरण र हुने तथा नहुनेबीचको खाडलमा अप्रत्याशित वृद्धि, सरकारको अनुत्तरदायी क्रियाकलाप र निरन्तरका मानव अधिकारका हननका कारण सन् १९८० को दशकदेखि नै दिगो विकास र गरिबी न्यूनीकरणका लागि अनिवार्य आवश्यकताका रूपमा सुशासनको अवधारणालाई अगाडि सारेको पाइन्छ।
पछि विकासशील, उपनिवेशमुक्त तथा गरिब देशहरूको शासन व्यवस्थामा सुधार ल्याइ विकास निर्माणकाे प्रक्रियामा गतिश...