बाबुराम भट्टराई भन्छनः जनताको असन्तुष्टी सम्बोधन नभए देश अराजकतातर्फ जानसक्छ
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको असन्तुष्टीलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्ने चेतावनी दिएका छन्।...
हेटौंडा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल अहिलेको अवस्थामा मात्रै नभई सँधै संकटमा भएको बताएका छन्। उनले आइतवार हेटौंडामा पत्रकारहरुसँग कुराकानी गर्दै विश्वको सबैभन्दा गरिब, विश्वकै कम आर्थिक वृद्धिदर भएको, सबैभन्दा बढी श्रम पलायन भएको देशमा नेपाल पर्ने भएकाले संकट लामो समयदेखि भएको बताएका हुन्।
‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा…
काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन् । लोकतान्त्रिक-वाम गठबन्धन काठमाडौँ क्षेत्र नं -१ को घरदैलो कार्यक्रममा आज सहभागी भएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए। ‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान […]
काठमाण्डाै – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ ।
आज शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउन्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै नेता भट्टराईले कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले कांग्रेसप्रति कटाक्ष गर्दै देशकै ठूलो भन्ने दाबी गर्ने पार्टीले विद्वान् व्यक्तित्वहरूलाई चुनावमा टिकट निदएर देश विकास हुन नसक्ने बताउनुभयो । उहाँले विज्ञहरूलाई देशभन्दा बाहिर पठाएर देशभि...
काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गिजोलिएको भन्दै यसको परिणाम गम्भीर हुने बताउनु भएको छ।एमसीसी पारितको पक्षमा बोल्दै आएका भट्टराईले अति भए खति हुने चेतावनी दिनुभएको हो। सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले माओवादीको दोहोरो चरित्रमाथि व्यंग्य समेत गरेका छन्। उनले भित्र खाओवाद र बाहिर माओवादी भन्दै नेपाली राजनीतिमा यो पाखण्डी प्रवृत्ति रहेसम्म देश नबन्ने टिप्पणी गर्नुभएको छ।‘भित
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्नुपर्ने बताएका छन्। मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने उल्लेख गरेका छन्। यहि बहानामा प्रतिगमन विरोधी गठबन्धन टुट्न नहुने उनको जोड छ। गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसिसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन्।
काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली प्रवृत्ति सम्पूर्ण देश र लोकतन्त्रका लागि खतरा रहेको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै डा.भट्टराईले .ओली प्रवृत्ति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै भएको बताए। सामाजिक सञ्जाल ट्वीटरमा ओली प्रवृत्ति कुनै पार्टीभित्रको विषयमात्र नभई समकालीन नेपाली राजनीतिको सबै नकारात्मक पक्षको केन्द्रीकरण भएको बताएका हुन्।
जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत प्रतिनिधिसभा पटकपटक विघटन गर्ने कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो तुल्याउन नसक्ने धारणा राखेका छन्।...