पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् । एसोशिएसन अफ चार्टर्ड एकाउण्टेण्ट्स अफ नेपाल (एक्यान)ले आयोजना गरेको दीगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न सकिने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले एक्यानले गरेको दिगो आर्थिक विकास सम्बन्धि राष्ट्रिय सम्मेलनले दिगो आर्थिक विकासको भावी योजना तथा कार्यान्वयनमा सहजता आउने बताए । उनले नेपालमा सबैले आफैले आफैलाई ठग्ने अवस्थामा पुगेको बताए । डा. भट्टराईले नेपाली काँग्रेस अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नभएको प्रति असन्तुष्टि जनाए । उनले देशको ठूलो लोकतान्त्रिक भन्ने पार्टी नेपाली काँग्रेसले वाग्लेलाई चुनाव लड्नेको लागि टिकट नदिएको भन्दै टिप्पणी गरे । उनले डा.वाग्ले जस्ता विद्वानहरुलाई निर्वाचन लड्नको लागि टिकट नदिए देश विकास हुन नसक्ने बताए । डा.भट्टराईले बुद्धिजीवी र विकास गर्ने विज्ञहरुलाई राजनीतिकबाट बन्चित गर्ने हो भने देश विकास गर्न सम्भव नभएको बताए । उनले विज्ञहरुलाई देश भन्दा बाहिर पठाएर मुलुक भित्र गरिव निमुखा मात्रै बस्ने हो भने दिगो आर्थिक विकास गर्न समस्या हुने बताए ।