पाटनस्थित उच्च अदालतको हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकालाई सडकमा ढाठ राखेर दस्तुर नउठाउन अन्तरिम आदेश जारी गरेको छ । उपमहानगरपालिकाले ठेक्का प्रणालीबाट हेटौँडाको बसपार्कको बाइपास सडकमा ढाट राखीदस्तुर उठाउँदै आएकाले सो कार्य रोक्न स्थानीयवासी उर्मिला न्यौपानेले रिट दायर गरेमा उक्त इजलासले सो कार्य रोक्न आज अन्तरिम आदेश जारी गरेको हो । बहसमा निवेदनको तर्फबाट अधिवक्ता ईश्वरराज ढकाल र विपक्षी शक्ति इन्फ्रा डेभलपर्स प्रालिका तर्फबाट अधिवक्ता मदनकुमार दाहाल, हेटौँडा उपमहानगरपालि