काठमाडौं। राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भुमिका हुने बताएका छन्। शुक्रबार राष्ट्रियसभा सदस्यको रुपमा सपथग्रहण पछि संक्षिप्त प्रतिक्रिया दिँदै डा.देवकोटाले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए।