एमालेले समाप्त गर्न खोजेको संविधान काँग्रेसले बचायो : कानुनमन्त्री बडु

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले नेकपा एमालेले समाप्त गर्न खोजेको संविधान नेपाली काँग्रेसले बचाएको  बताएका छन्। मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला दार्चुला पुगेका मन्त्री बडुले काँग्रेस नेतृत्वको सरकारको पहिलो उद्देश्य संविधानको रक्षा गर्नु रहेको  बताएका हुन्।दार्चुलाको गोकुलेश्वरमा आयोजित स्वागत कार्यक्रममा मन्त्री बडूले भने, ‘नेकपा एमालेले संविधान समाप्त गर्दै थियो । हामीले बचाउने नेतृत्व गरिरहेका छौं । नेपालमा संविधान बचाउने कुरा, संविधानको सर्

सम्बन्धित सामग्री

बागमती प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक

काठमाडौं ।  प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले बागमती प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताउनुभएको छ । उहाँले प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दावी पनि गर्नुभयो । राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कारण औपचारिक कार्यक्रम गरेर सांसदहरुको बिदाई गरीने उहाँको भनाइ छ । उहाँले बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त […]

बागमती प्रदेशसभा : अत्यावश्यक २७ वटा कानुन निर्माण हुन सकेन

विभिन्न प्रदेशले प्रदेशसभाको अधिवेशन अन्त्य गर्दै कार्यकाल टुङ्ग्याउन थालेका छन् । प्रदेश १, सुदूरपश्चिम प्रदेशका प्रदेशसभा अधिवेशन अन्त्य भइसकेको छ भने त्यहाँका सांसदहरु औपचारिक रुपमा विदा भइसकेका छन् । बागमती प्रदेशसभाको पनि दशौं अधिवेशन समाप्त भइसकेको छ ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले अब प्रदेशसभाको बैठक बस्ने सम्भावना नरहेको बताए । समग्रमा प्रदेशसभाको पहिलो कार्यकाल उपलब्धिमूलक रहेको दाबी गर्दै उनले राजनीतिक दल र दलका प्रतिनिधिहरु निर्वाचनको तयारीमा लागिसकेका कार