नेपालले विश्वव्यापीरुपमा बढ्दो खाद्य सङ्कटको समाधानका लागि द्वन्द्वरत पक्षको राजनीतिक समाधान खोज्दै शान्ति र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ । साथै खाद्यान्न, इन्धन र मलखादको खुला बजार निर्देशित आपूर्ति गर्दै ठूला सीमित देश वा व्यापारिक समूहले नियन्त्रण हुने अवस्थालाई निरुत्साहित गर्नुपर्ने कुरामा विश्वको ध्यानाकर्षणसमेत गराएको छ । न्यूयोर्कमा बिहीबार आयोजित राष्ट्रसङ्घको सुरक्षा परिषद्को खुला …