डेरी उद्योगहरुको छाता संगठन नेपाल डेरी एशोसिएसनले विपद व्यवस्थापन कोषको घोषणा गरेको छ । नेपाल डेरी एशोसिएसनका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रममा सो घोषणा गरिएको हो । एशोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार डेरी क्षेत्रमा कार्यरतमाथि पनि बेलाबेला विभिन्न विपदहरु आउन सक्ने भन्दै त्यस्तो बेलामा सहयोग गर्नका लागि यो कोष स्थापना गरिएको बताए ।नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराउँदै एशोसिएसनका संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठले डेरी उद्योगीहरुले दूधको गुणस्तरमा ध्यान दिनुपर्ने स