काठमाडौं : संखुवासभाको मकालु गाउँपालिका–५ मा ट्याक्टर भिरबाट खस्दा चालकको मृत्यु भएको छ। बुधबार दिउँसो ४ बजे को. २ त ८२३९ नम्बरको ट्याक्टर मकालु–१ मा निर्माण भइरहेको पर्खालको लागि सिमेन्ट बोकेर जाने क्रममा दिङसु भन्ने ठाउँमा अचानक भिरबाट खसेर दुर्घटना हुँदा ट्याक्टर चालक स्थानीय २७ वर्षीय तीर्थ बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ।उनको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको संखुवासभा प्रहरीले जनाएको छ।