मन्त्री झाँक्री भन्छिन् - नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् ।

सम्बन्धित सामग्री

शहरी नीतिलाई दीर्घकालीन बनाउँदै छौं : मन्त्री झाँक्री

काठमाडौं (अस) । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित शहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताएकी छिन् । शहरी विकास मन्त्रालयद्वारा शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय शहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित शहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताइन् । मन्त्रालयले संघीयताको मर्मअनुसार शहरी नीति परिमार्जन गर्न लागेको भन्दै उनले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने बताइन् । ‘राष्ट्रिय शहरी नीति दीर्घकालीन हुने खालको बनाउँछौं,’ उनले भनिन्, ‘देशैभर छलफल गरेर शहरी नीति परिमार्जन र शहरी विकास ऐनको मस्यौदा अन्तिम चरण पुर्‍याएका छौं ।’ मन्त्रालयका सचिव डा. रमेश सिंहले बसाइसराइ बढ्दो शहरीकरणका लागि चुनौती बनेको बताए । शहरी नीतिमा सुशासन र सुरक्षाको विषयलाई प्रमुखताका साथ समेटिने उनको भनाइ छ । संघीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार क्रमसँगै वितरण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले परिमार्जित शहरी नीति कार्यान्वयनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । यस विषयमा नवनिर्वाचित जनप्रतिनिधिलाई समेत प्रशिक्षण दिएर अघि बढ्न उनले सुझाव दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको शहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताए । शहरी विकासका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय सहकार्य जरुरी रहेकाले नीतिमा यस्ता विषय समेट्नुपर्नेमा उनको जोड थियो । सुन्दर शहर निर्माणका लागि राष्ट्रिय योजना आयोग सधैं सहयोग र सहकार्य गर्न तयार रहेको समेत डा. वाग्लेले बताए । कार्यक्रममा शहरी विज्ञ डा. महेन्द्र सुब्बाले नेपालमा शहरीकरणका क्षेत्रमा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए । मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले कार्यक्रममा राष्ट्रिय शहरी नीतिको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्त्रालयका अधिकारीसहित यूएन ह्याबिटेट नेपाल, एशियाली विकास बैंक, नेपाल नेशनल अर्बन फोरमका प्रतिनिधिलगायतको लगायतको सहभागिता थियो ।

काठमाडौं शहर कुरुप छ, हेर्न लायक पनि नहुन सक्छ : मन्त्री झाँक्री

चैत २९ काठमाडौं । शहरी विकास मन्त्री राम कुमारी झाँक्रीले काठमाडौं  शहर कुरुप भएको भन्दै बस्न होइन हेर्न पनि लायक नहुने अवस्था आउने बताएकी छन् । मंगलवार आयोजित राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्वन्धि परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । ‘शहर कुरुप छ, यस्तै हो भने यो बस्न होइन हेर्न लायक पनि नहुने अवस्था आउन सक्छ । खोला नालामा परिणत भएका छन्, वर्षा लाग्यो भने खोला वस्तीमा पस्छ । खोलामा वस्ती बसाएका छौं, खोला वस्तीमा होइन, वस्ती खोलामा पसेको हो’, उनले भनिन् ।  ढल, खानेपानी, बाटो, यातायात आम मान्छेले शहरी मन्त्रालयले हेर्ने हो भन्ने बुझेका छन् भन्दै मन्त्री झाँक्रीले विद्युतको पोलमा टाँगिएका तार, हरेक ठाउँमा खनेको बाटोलगायत कुरा युटिलिटि करिडोर मार्फत गर्न सकिन्छ कि भनेर यसको परामर्श शुरु गरेको बताइन् । बसाइँसराई डरलाग्दो भएको भन्दै मन्त्री झाँक्रीले यो अवसर पनि भएकोले सहि व्यवस्थपन हुनुपर्ने बताइन्। ‘ पहाडबाट तराई र तराईबाट काठमाडौं बसाइँ सर्नेको लर्को लागिरहेको छ’, उनले भनिन् ।  त्यस्तै सानो सानो बजेटको लागि पनि मन्त्रालय धाउने गरेको बारे पटक - पटक असन्तुष्टी व्यक्त गर्दै आएकी मन्त्री झाँक्रीले नगरका वडा र केन्द्रीय सरकारले गर्ने काम एउटै प्रकारका भएको बताइन् । ‘५ लाखको योजना माग्न केन्द्रमा आउने आवस्यकता हो या धारणा हो ? पत्ता लगाउँ, विकासे मन्त्रालयले बाटो गाउँमा पुर्‍याए, मोटर चढेर तराई झरे’, उनले भनिन्, ‘गाउँ - गाउँमा स्कुल छन्, मान्छे बसाईं सरेको सर्‍यै छन्। टोल टोलमा विद्यालय छन् मर्जर गर्ने अवस्था आएको छ ।‘

संघीयता अनुकूल शहरी विकास नीति बनाउँछौं : मन्त्री झाँक्री

फागुन २९, सुर्खेत । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता अनुकूल शहरी विकास नीति बनाउन लागिएको बताएकी छन् । उनले  शहरी नीतिलाई संघीयता अनुकूल बनाउन र सबै तहका सरकारको स्वामित्व बढाउन मन्त्रालयले नीति निर्माण गर्न लागेको बताएकी हुन् ।  शहरी विकास मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी कोरिडोर सञ्चालन सम्बन्धी ऐन तर्जुमा विषयक प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै उनले नागरिकलाई केन्द्रमा राखेर शहरी नीति बनाउन लागिएको बताइन् ।  उनले भनिन् ‘जनताको जीवन निर्वाह मात्र नभएर सिंगो अर्थतन्त्रलाई चलायमान बनाउन र दिगो सहरी पूर्वाधार विकास गर्ने दिशामा केन्द्रीत भएर नीति निर्माणमा जुटेका छौं ।’  कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा आयको सिर्जना गर्ने गरी राष्ट्रिय शहरी नीति तर्जुमा गर्नु पर्नेमा जोड दिए ।  कार्यशालामा नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले शहरको निर्माण र विकासमा तीनै तहका सरकारबीच समन्वयको खाँचो रहेको बताए । उनले शहर निर्माण गर्ने क्रममा जनता जिम्मेवार हुनुपर्नेमा जोड दिदैं नीति निर्माण गर्दा लगानी र नवप्रर्तनमा समेत ध्यान दिन सुझाव दिए ।  उक्त एक दिने कार्यशालामा कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सदस्यहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष, कर्णाली प्रदेशका विभिन्न जिल्लाका नगरपालिकाका प्रमुख तथा उप प्रमुखज्यूहरूको सहभागिता थियो ।  कार्यशालामा समूह विभाजन गरी नीतिको विषयमा छलफल भएको थियो । मन्त्रालयले सात ओटै प्रदेशमा कार्यशालाको आयोजना गरेर शहरी नीति सम्बन्धमा सुझावहरू संकलन गरिरहेको छ ।

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

धनगढी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन् ।

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

मन्त्री झाँक्रीले सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभाव हुँदा कामले गतिलिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताउनुभएको छ । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको हो ।

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छन्। समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि...

नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीतिको खाँचो छ : मन्त्री झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएका छन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर निर्माण हुन नसक्ने बताउँदै नयाँ शहर निर्माणका लागि निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिए । “पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्

तिम्रो शहरको मुहार हेर्न हरिसिद्धि जाऊ मन्त्री झाँक्री !

यो तस्वीर कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिकको तस्वीर । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको यसमा ध्यान गएको छैन ? देशको राज...

बस्नलायक स्मार्ट सिटीको अवधारणा तयार गर्छु : मन्त्री झाँक्री

तनहुँ : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मानिस बस्नलायकको शहर बनाउने बताएकी छन्। मन्त्री झाँक्रीले स्मार्ट सिटीको अवधारणाको विकास भइरहेको अवस्थामा शहर मान्छेका लागि बनाउने बताइन्।नेपाल (एकीकृत समाजवादी) तनहुँद्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नलायकको शहर बनाउन योजनासहित अगाडि बढ्ने बताएकी हुन्। प्रकृतिमा भएका प्रत्येक प्राणी आफूअनुकूल व्यवस्थित  स्थानमा बस्नेछन्, बस्न योग्य स्थानमा मात्रै बस्छ, यसकारण शहर बनाउने क्रममा नामको स्मार्ट सिटी होइन, जनसंख्याको बनोट भौग