शहरी नीतिलाई दीर्घकालीन बनाउँदै छौं : मन्त्री झाँक्री

काठमाडौं (अस) । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले परिमार्जित शहरी नीति २०६४ दीर्घकालीन खालको बनाइने बताएकी छिन् । शहरी विकास मन्त्रालयद्वारा शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय शहरी नीति तथा हरित उत्थानशील र समावेशी विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले परिमार्जित शहरी नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको बताइन् । मन्त्रालयले संघीयताको मर्मअनुसार शहरी नीति परिमार्जन गर्न लागेको भन्दै उनले परिमार्जनपछि उक्त नीतिले सबैको आवश्यकता समेट्ने बताइन् । ‘राष्ट्रिय शहरी नीति दीर्घकालीन हुने खालको बनाउँछौं,’ उनले भनिन्, ‘देशैभर छलफल गरेर शहरी नीति परिमार्जन र शहरी विकास ऐनको मस्यौदा अन्तिम चरण पुर्‍याएका छौं ।’ मन्त्रालयका सचिव डा. रमेश सिंहले बसाइसराइ बढ्दो शहरीकरणका लागि चुनौती बनेको बताए । शहरी नीतिमा सुशासन र सुरक्षाको विषयलाई प्रमुखताका साथ समेटिने उनको भनाइ छ । संघीयता कार्यान्वयनका लागि स्थानीय तहको अधिकार क्रमसँगै वितरण गर्नुपर्नेमा उनले जोड दिए । नेपाल नगरपालिका संघका प्रमुख कार्यकारी अधिकृत कलानिधि देवकोटाले परिमार्जित शहरी नीति कार्यान्वयनका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको बताए । यस विषयमा नवनिर्वाचित जनप्रतिनिधिलाई समेत प्रशिक्षण दिएर अघि बढ्न उनले सुझाव दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. पुष्परमण वाग्लेले स्वच्छ, सफा र पहिचानसहितको शहरको विषयलाई परिमार्जित नीतिले समेट्नुपर्ने बताए । शहरी विकासका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय सहकार्य जरुरी रहेकाले नीतिमा यस्ता विषय समेट्नुपर्नेमा उनको जोड थियो । सुन्दर शहर निर्माणका लागि राष्ट्रिय योजना आयोग सधैं सहयोग र सहकार्य गर्न तयार रहेको समेत डा. वाग्लेले बताए । कार्यक्रममा शहरी विज्ञ डा. महेन्द्र सुब्बाले नेपालमा शहरीकरणका क्षेत्रमा देखिएका चुनौतीका विषयमा प्रस्तुतीकरण गरेका थिए । मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले कार्यक्रममा राष्ट्रिय शहरी नीतिको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्त्रालयका अधिकारीसहित यूएन ह्याबिटेट नेपाल, एशियाली विकास बैंक, नेपाल नेशनल अर्बन फोरमका प्रतिनिधिलगायतको लगायतको सहभागिता थियो ।

सम्बन्धित सामग्री

भगवान दाहिने भएको भए घर किन जानुपथ्र्योः मन्त्री झाँक्री

काठमाडौं, १२ असार । शहरी विकास मन्त्रालयबाट बिदा हुँदै गर्दा मन्त्री रामकुमारी झाँक्री रोइन् । उनले पत्रकार सम्मेलनमा आँसु पुछ्दै गरेको दृश्य देखिन्थ्यो । झाँक्रीलाई बिदाईका बेला मन्त्रालयका कर्मचारीले बुद्धको मूर्ति दिए । उपत्यका विकास प्राधिकरणकी जानुका ढकालले गणेश दिइन् । उनले भगवान्को मूर्ति पाउँदा कर्मचारीले भगवान्ले राम्रो गरुन् भन्ने कामना गरिन् । झाँक्रीले जवाफमा […]

हामी एमालेबिरुद्ध एकजुट हुनु पर्छ : मन्त्री झाँक्री

गुल्मी । नेकपा एकीकृत समाजवादीका सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिगामी शक्तिलाई परास्त गर्नको लागि पाँचदलीय गठबन्धन बनाएको बताएकी छिन् । सोमबार गुल्मीको मालिका गाउँपालिका –८ मर्भुङ्ग सिमलटारीमा पाँच दलीय गठबन्धनद्धारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले अहिले एमालेविरुद्ध सबै एकजुट हुनुपर्ने अवस्था आएको बताइन् । ‘दुई–दुईपटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट […] The post हामी एमालेबिरुद्ध एकजुट हुनु पर्छ : मन्त्री झाँक्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री झाँक्री अमेरिका प्रस्थान

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए । युएन ह्वाबिटेट अन्तर्गत सञ्चालित ‘न्यू अर्बन एजेन्डा २०१५ को कार्यान्वयनको […]

समय सीमित छ, गर्नुपर्ने काम धेरै छ : मन्त्री झाँक्री

काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।  मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...

समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरीः मन्त्री झाँक्री

काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् । आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि यसको व्यवहारिक कार्यान्वयन […]

मन्त्री झाँक्री डिस्चार्ज, अझै केही दिन भेटघाट नगर्ने

काठमाडौं, १७ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पतालबाट डिस्चार्ज भएकी छिन् । निमोनिया संक्रमण भई उनी एक साता वीर अस्पतालमा बसेर स्वास्थ्यलाभ गरेकी थिईन् । उनले आफ्नो उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत सबैमा आभार प्रकट गरेकी छिन् । अझै आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाअनुसार […]

मन्त्री झाँक्री अस्पतालमा

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि मन्त्री झाँक्रीलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। “सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि...

सहरी बिकास मन्त्री झाँक्री अस्पताल भर्ना

काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई ज्वरो आई अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन्। मौसमी ज्वरोका कारण मन्त्री झाँक्री अस्पताल भर्ना भएको उनको पारिवारिक स्रोतले जानकारी दियो । स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएको बताइएको छ ।