तनहुँ : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मानिस बस्नलायकको शहर बनाउने बताएकी छन्। मन्त्री झाँक्रीले स्मार्ट सिटीको अवधारणाको विकास भइरहेको अवस्थामा शहर मान्छेका लागि बनाउने बताइन्।नेपाल (एकीकृत समाजवादी) तनहुँद्वारा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नलायकको शहर बनाउन योजनासहित अगाडि बढ्ने बताएकी हुन्। प्रकृतिमा भएका प्रत्येक प्राणी आफूअनुकूल व्यवस्थित स्थानमा बस्नेछन्, बस्न योग्य स्थानमा मात्रै बस्छ, यसकारण शहर बनाउने क्रममा नामको स्मार्ट सिटी होइन, जनसंख्याको बनोट भौग