काठमाण्डाै - कोरोना महामारीको जोखिम कम भएको छैन । कोरोना नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम जनस्वास्थ्यका मापदण्डको पालना गर्नु र कोरोनाको खोप लगाउनु भएको विज्ञले बताउँदै आएका छन् । तर पछिल्लो समय सरकार र सम्बन्धित निकायको ध्यान कोरोनाको खोपतर्फमात्रै केन्द्रित हुँदा बालबालिकाको नियमित खोप सेवा भने प्रभावित भएको छ ।
बालबालिकाको खोप सेवाका लागि आवश्यक स्वास्थ्यकर्मी, स्वास्थ्यस्वयंसेविका, खोप केन्द्र, खोप ढुवानी गर्ने साधन अहिले कोरोनाको खोप अभियानका लागि पनि प्रयोग भइरहेका छन् ।
कोरोना र नियमित गरी दुई...