बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ ।एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनक