प्रदेश १ र बागमतीमा छिट्टै हाम्रो सरकार बन्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमवार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको दाबी गर्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे । आफ्नो पार्टी कसैको पार्टीभन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गर

सम्बन्धित सामग्री

प्रदेश १ को अधिवेशन आजदेखि सुरु

काठमाडौं । प्रदेश १ संसदको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनुहुनेछ । नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएका भीम आचार्य अल्पमतमा पर्नुभएको छ । एमालेका ५१ सांसदहरुमध्ये १० जनाले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद मात्रै देखिएको छ […]

केही दिनमै केपी ओलीले बागमती र प्रदेश १ मा धुलो चाट्छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई केही दिनमै बागमती प्रदेश सरकारमा धुलो चटाउने बताएका छन् ।  बागमती प्रदेशको राजधानी हेटौंडामा एकीकृत समाजवादीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कर्णाली प्रदेशमा केपी ओलीलाई धुलो चटाएको र अब केही दिनमा बागमती प्रदेशमा धुलो चटाउने दाबी गरे ।  उनले भने, ‘कर्णाली प्रदेशमा हाम्रो पार्टीले केपी ओलीलाई धुलो चटाइसकेको छ । हेर्दै जानुस् अब बागमती प्रदेशमा र प्रदेश १ मा पनि केपी ओलीले धुलो चाट्नेछन् ।’ ...

प्रदेश १ र बागमतीमा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्छः माधव नेपाल

काठमाडौँ– एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने दाबी गरेका छन्। रौतहट–काठमाडौँ सम्पर्क मञ्चलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले भएका मुख्यमन्त्रीलाई बिदाइ गरेर आफ्नो पार्टीले नेतृत्व लिने बताएका हुन्। साविक एमालेमा नेता नेपाललाई साथ दिँदै आएका भीम आचार्य प्रदेश १ र अष्टलक्ष्मी शाक्य बागमतीमा […]

एक हप्ता नबित्दै अल्पमतमा  प्रदेश १ सरकार

धनकुटा : नेकपा एमालेका सचिव भीम आर्चायको नेतृत्वमा बनेको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए।नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधि दल रोज्ने समय दिएको थियो। सोअनुसार प्रदेश १ का १० सांसदले बुधबार एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको हो।एमाले विभाजित भएर गठन भएको माधवकुमा

दस एमाले सांसदले समाजवादी रोजेपछि प्रदेश १ सरकार अल्पमतमा

मोरङ– प्रदेश १ का १० जना एमालेतर्फका प्रदेशसभा सांसदले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका छन्। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बुधबार राजेन्द्रकुमार राई, राजन राई, गणेश काङवहाङ, सावित्रीकुमारी रेग्मी, सुनिता चौधरी, खिनु लङवा लिम्बू, सरिता थापा, पदमकुमार गुरुङ, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। सनाखतपछि सांसद राजेन्द्रकुमार राईले पत्रकारसामु […]

एमाले विभाजनसँगै प्रदेश १ सरकार अल्पमतमा

धनकुटा : नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ। प्रदेश १ मा रहेको एमालेको एकल बहुमतीय सरकार एमाले विभाजनपछि अल्पमतमा परेको हो।एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ। एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ।माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रि

प्रदेश १ : माधव नेपाल समूहको साथ खोज्दै प्रतिपक्षी दल

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रतिपक्षी दलहरूले पुनः अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध पुनः अविश्वासको प्रस्ताव ल्याउन प्रतिपक्षीदलहरूबीच छलफ...

जोगियो प्रदेश १ सरकार, अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता (पत्रसहित)

नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश १ सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ। माधव नेपाल झलनाथ खनाल समूहका भीमप्रसाद आचार्यसहितका १६ सांसदले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन् । उनीहरुले यससम्बन्धी जानकारी मंगलबार सचिवालयलाई दिएका हुन् । यससँगै शेरधन राई नेतृत्वको प्रदेश १ सरकार ढल्नबाट रोकिने निश्चित भएको छ ।

माधव नेपाल पक्षको समानान्तर कमिटी गठन

काठमाण्डाै – नेकपा एमालेको माधव कुमार नेपाल पक्षले विभिन्न संगठनमा समानान्तर कमिटी गठन गरेको छ । काठमाण्डौमा बसेको नेपाल पक्षीय स्थायी कमिटीको बैठकले प्रदेश र विभिन्न कमिटीमा नेतृत्व चयन गरेको हो ।अध्यक्ष केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षका नेताहरुलाई हटाएर संगठनको नेतृत्व हेरफेर गरेपछि नेपाल पक्षले पनि कमिटीमा समानान्तर नेतृत्व चयन गरेको हो । नेपाल समूहले प्रदेश १ को प्रमुख भीम आचार्यलाई, प्रदेश दुईमा घनश्याम भुसाललाई, वाग्मतीमा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीमा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञ...