नेकपा एमालेका १० सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि प्रदेश १ मा मुख्यमन्त्री भीम आचार्य स्पष्ट अल्पमतमा छन् ।
भदौ १० मा मुख्यमन्त्री नियुक्त भएका उनलाई अहिले कर्मचारीले समेत टेर्न छाडेका छन् ।
दुई हप्ता नबित्दै कर्मचारीहरूले असहयोग गर्न थालेपछि आइतवार मुख्यमन्त्री आचार्यले मन्त्रालयका सचिवहरू, विभागीय प्रमुखहरूलाई बोलाएर जनताको काम चुस्तदुरुस्त गर्न भन्दै निर्देशन दिए ।
‘सबै साथीहरूले मिहिनेत गरिरहनु भएको छ, तर मिहिनेत परिणाममुखी हुन सकेको छैन,’ उनले भने, &lsqu...