ताप्लेजुङ - ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिराेबाट विस्थापित भएकाहरुका लागि एकीकृत बस्ती निर्माण गरिरहेकाे छ । गाउँपालिकाले पहिराे पीडित ६४ घरपरिवारकाे व्यवस्थापनका लागि एक कराेड रुपैयाँ लगानीमा एकीकृत बस्ती निर्माण गर्न लागेकाे हाे । अहिलेसम्म १५ वटा घर निर्माण भइसकेकाे गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे 'पीडित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि यस्ताे याेजना ल्याएका हाैँ । अहिले सम्ममा १५ वटा घर बनिसकेका छन् । अन्य बनाउने क्र...