भद्रपुर गोल्डकपको तयारी अन्तिम चरणमा

झापा । झापाको भद्रपुरमा फागुन ७ गतेबाट सुरु हुन लागेको भद्रपुर गोल्डकप २०७९ को पहिलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १६ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशालामा हुन लागेको प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि अहिले रंगशालामा करिब २० हजार दर्शक बस्न […]

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सको बिर्तामोड शाखा सञ्चालनमा

काठमाडौं (अस) । सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिर्तामोड वडा नं ४ स्थित भद्रपुर रोडमा कम्पनीले आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखा सञ्चालनमा आएसँगै कम्पनीको शाखाको संख्या १६ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त उक्त वित्तीय संस्थाले यसअघि १५ ओटा कार्यालय शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । संस्थाको केन्द्रीय कार्यालय ललितपुरको कानदेवस्थानमा छ । संस्थाले आगामी दिनमा रूपन्देहीको भैरहवामा थप शाखा विस्तार गर्ने योजना बनाएको छ । भैरहवामा शाखा सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले बताए ।

प्रथम भद्रपुर झापा गोल्ड कपमा नेपालसहित चार देशका टिमको सहभागिता

प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कप २०७९ को तयारी पुरा भएको छ। फागुन ७ गतेदेखि हुने गोल्डकपको तयारी पुरा भएको हो। गोल्ड कप मूल आयोजक समितिले खेल तालिका सार्वजनिकसहित तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।