नेकपा (माओवादी केन्द्र) ताप्लेजुङले आउँदो मङ्सिर ४ गतेलाई लक्षित गर्दै प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले जिल्ला संयोजक विष्णुकुमार लिम्बूले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारको नामावली सिफारिस गरेको जनाएका हुन् । विज्ञप्तिमा प्रतिनिधि सभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ (क) मा पनि खेलप्रसाद बुढाक्षे